तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाका मतदान तथा सहायक मतदान अधिकृतहरूको प्रशिक्षण सम्पन्न

जनकपुरधाम । धनुषा जिल्लामा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको प्रशिक्षण आज सम्पन्न भएको छ ।

धनुषाका ६ सय ५ मतदान केन्द्रमा खटिने मतदान तथा सहायक मतदान अधिकृत गरी कूल १ हजार २ सय १० जनालाई प्रशिक्षण दिइएको हो ।

प्रशिक्षणपछि सहायक कर्मचारीहरूको नामावली प्रकाशित गरी परिचालन गरिने तयारी रहेको प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका प्रमुख श्रीधर पन्थीले जानकारी दिनुभयो ।

गत कार्तिक २३ गते बुधवारबाट शुरु भएको प्रशिक्षण आज सकिएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शान्ति सुरक्षाको सम्पूर्ण तयारी सम्पन्न भएकाले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूले सफलतापूर्वक चुनाव गराउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button