ओखलढुङ्गामा १३ महिला मतदान अधिकृत
ओखलढुङ्गा । ओखलढुङ्गामा आसन्न संघ तथा प्रदेशसभा निर्वाचनका लागि १३ जना महिला मतदान अधिकृत खटाइएको छ । १ सय ५३ मतदान केन्द्रमध्ये १३ ठाउँमा महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको मतदान अधिकृतको सूचिमा केही शिक्षिकासहित अधिकृत स्तरका महिला कर्मचारीको नाम मतदान अधिकृतको रुपमा सूचिकृत गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत टीकाराम आचार्यले महिलाहरूले नेतृत्व गर्ने मतदान केन्द्रमा निर्विवाद मतदान भएका विगतका उदाहरण स्मरण गर्दै महत्त्वपूर्ण ठाउँमा महिला अधिकृतहरूलाई खटाइएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्