तपाईँ सुन्दै हुनुहुन्छः

स्कुल बसले ठक्कर दिँदा जुम्लामा एक बालकको मृत्यु

जुम्ला । स्कुल बसले ठक्कर दिँदा जुम्लामा एक बालकको मृत्यु भएको छ । 

बिहीबार साँझ ५ बजे चन्दननाथ नगरपालिका वडा नम्बर ९ उमगाड नजिकै स्कुल बसले पैदल हिँडिरहेको बालकलाई ठक्कर दिएको थियो । 

तातोपानीदेखि जुम्ला बजारतर्फ आउँदै गरेको भे१क ३८२ नम्बरको कनिका निशा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा सडक पार गरिरहेका अन्दाजी ११ वर्षका राजेश गिरीको मृत्यु भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताउनुभयो । 

उहाँका अनुसार साँझ  ५ बजेर ३५ मिनेटमा दुर्घटना भएकोमा ५ बजेर ५४ मिनेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बालकको मृत्यु भएको हो । 

बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बालकको मृत्युपछि आफन्तले कर्णाली राजमार्ग बिहीबार साँझ ५ बजेदेखि आज बिहान ८ बजेसम्म अवरुद्ध गरेका थिए । 

मृतक बालकको आफन्तले उचित क्षतिपूर्ति र चालकलाई हुँदै सम्मको कारबाही गर्न माग गर्दै सडक बन्द गरेका हुन । दुवै पक्ष  आज बिहान भएको वार्तामा सहमति जुटेसँगै राजमार्ग सञ्चालनमा आएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button