तपाईँ सुन्दै हुनुहुन्छः

६ पदका लागि गोरखामा ५० जनाको प्रतिस्पर्धा

गोरखा । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि गोरखाका दुई वटा निर्वाचन क्षेत्रका ६ पदका लागि ५० जना प्रतिस्पर्धामा रहनुभएको छ । 

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उत्तर बहादुर खडका जनसमाजवादी पार्टी, उदय प्रसाद भट्ट राष्ट्रिय प्रजातन्त्र पार्टी, देव बहादुर थापा मङ्गोल अर्गनाइजेशन पार्टी, विष्णु पुडासैनी स्वतन्त्र, मिन कुमार श्रेष्ठ नेपाल सुशासन पार्टी, राजेन्द्र बजगाईँ नेपाली काँग्रेस, रामशरण बस्नेत नेकपा एमाले, रुपेश राना जनता समाजवादी पार्टी, तारा बहादुर देवकोटा नेपाल मजदुर किसान पार्टी, सुवर्ण रोकाया राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहनुभएको छ । 

प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) मा कृष्ण प्रसाद धिताल नेकपा माओवादी केन्द्र, गंगा बहादुर राना मङ्गोल अर्गनाइजेशन पार्टी, रामशरण आचार्य स्वतन्त्र, विष्णु बहादुर कुँवर नेश्नालिष्ट पार्टी, सुदिप ढकाल राप्रपा, सुरेन्द्र थापा नेकपा एमाले, हरिराम अर्याल राष्ट्रिय प्रजातन्त्र पाटी नेपालबाट उम्मेदवार हुनुहुन्छ । 

निर्वाचन क्षेत्र १  (ख) मा डाक बहादुर पराजुली स्वतन्त्र, नन्द प्रसाद न्यौपाने नेपाली काँग्रेस, मोहन प्रसाद भट्टराई नेकपा एमाले, रामचन्द्र कुमाल नेश्नालिष्ट पिपुल्स पार्टी, राम बहादुर लामा मङ्गोल अर्गनाइजेशन पार्टी, सरिता देवकोटा राष्ट्रिय प्रजातन्त्र पाटी नेपाल र सोमनाथ अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार रहनुभएको छ । 

निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका प्रल्हाद लामिछाने, नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड, मङ्गोल अर्गनाइजेशन पार्टीका सोम बहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टी मालेका नारायण बाबु आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका शुसिल पन्त, हाम्रो नेपाल पार्टीका प्रकाश थापा, गणेश देवकोटा स्वतन्त्र, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी, नेकपा एमालेका अब्दुस सलाम मिया, नेपाली काँग्रेस (बिपी) का टिकादत्त पोखरेल, राष्ट्रिय प्रजातन्त्र पाटी नेपालबाट कुल बहादुर बस्नेत, विनोद कुमार गुरुङ स्वतन्त्र रहनुभएको छ । 

निर्वाचन क्षेत्र नम्बर २ (क) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र शाह, राष्ट्रिय प्रजातन्त्र पाटी नेपालका सुबोध बस्न्यात, नेपाल मजदुर किसान पार्टीका बेल बहादुर बस्नेत, नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटा, हाम्रो नेपाल पार्टीका सरोज गिरी, विल बहादुर तामाङ स्वतन्त्र, नेकपा एमालेका राजु राना, मङ्गोल अर्गनाइजेशन पार्टीका बिपीका बराम गुरुङ रहनुभएको छ । 

निर्वाचन क्षेत्र नम्बर २ (ख) मा हरि पोखरेल स्वतन्त्र, नेकपा एमालेका बसन्त कुमार गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी ठाकुर प्रसाद लामिछाने, नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पाटी नेपालबाट सफिदिन मिया, राम बहादुर घले मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट उम्मेदवार रहनुभएको छ । 

निर्वाचन आउन १० दिन बाँकी रहँदा उम्मेदवारहरू निर्वाचन क्षेत्रको प्रचारमा रहनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button