तपाईँ सुन्दै हुनुहुन्छः

श्रीलङ्कामा सेवा क्षेत्रलाई उदारीकरण गर्न राष्ट्रपति विक्रमासिङ्घेद्वारा आह्वान

कोलम्बो। श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्न देशको सेवा क्षेत्रलाई क्रमशः उदारीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले आइतबार जारी गरेको विज्ञप्तिमा उक्त कुरा जनाइएको छ ।

राष्ट्रपति सिङ्घेले विश्वको अहिलेसम्मकै सबैभन्दा ठूलो स्वतन्त्र व्यापार सम्झौता ‘रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरसिप’मा सदस्यता प्राप्त गर्न कदम चाल्नुपर्ने बताउनुभयो ।

विक्रमासिङ्घेले राष्ट्रपतिको सचिवालयमा राष्ट्रिय व्यापार वार्ता समितिका पदाधिकारीसँगको भेटमा उक्त टिप्पणी गर्नुभएको हो ।

राष्ट्रपतिले उनीहरूसँग स्वतन्त्र व्यापार वार्ता, अन्तर्राष्ट्रिय व्यापारको भविष्यको दृष्टिकोण र नीतिगत प्राथमिकताहरूको संयोजनको महत्तवको बारेमा छलफल गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय व्यापार गतिविधिको विस्तारसँगै स्थानीय उद्योगलाई प्रतिस्पर्धामा समायोजन गर्न सहयोग पु¥याउन सरकारले व्यापार समायोजन कार्यक्रम लागू गर्ने उहाँले बताउनुभयो ।

क्षेत्रीय तथा विश्वव्यापी आपूर्ति शृङ्खलामा पहुँच र निर्यातमुखी प्रत्यक्ष वैदेशिक लगानी अभिवृद्धिका लागि विश्व अर्थतन्त्रसँग पुनः सम्लग्नता आन्तरिक अर्थतन्त्रलाई पुनरुत्थान गर्न सरकारको आर्थिक सुधार कार्यक्रमको एक तत्व भएको उहाँको भनाइ थियो ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button