तपाईँ सुन्दै हुनुहुन्छः

विकासका मुद्दामा गठबन्धन सरकार गम्भीर : प्रधानमन्त्री देउवा    

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले विकासका मुद्दामा गठबन्धन सरकार गम्भीर रहेको बताउनुभएको छ । 

डडेल्धुराको दुर्गम बस्ती रुपालमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले डडेल्धुरा रुपाल सडक कालोपत्रे निर्माण गरिने बताउनुभयो । 

“बषौँदेखि सडकको समस्या छ मैले बुझेको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “छिट्टै यहाँको सडकलाई कालोपत्रे गरिनेछ । बिजुली, खानेपानी, सिँचाइका समस्याहरू पनि समाधान गरेर अघि बढ्छौँ”

उहाँले रुपालको विकासका सबै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“डडेल्धुरामा मेडिकल कलेज छिट्टै सञ्चालनमा आउने छ र एयरपोर्ट बन्ने छ ।”, उहाँले भन्नुभयो, 

चुनावी सभालाई प्रदेश ख का उम्मेदवार गोविन्द बोहरा र प्रदेश क का उम्मेदवार खगराज राज भट्टले पनि सम्बोधन गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button