तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारलाई निर्वाचन आचारसंहिता सम्बन्धी अभिमुखीकरण

पाँचथर । पाँचथरको फिदिममा निर्वाचनमा सञ्चार माध्यमको भूमिका र निर्वाचन आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन कार्यालयको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा निर्वाचन आयोगले हालसम्म गरेका गतिविधि, सञ्चार माध्यमको भूमिका, पत्रकारले गर्नुपर्ने आचारसंहिता लगायतको विषयमा प्रस्ट्याइएको थियो ।

अभिमुखीकरण कार्यक्रमको सहजीकरण जिल्ला निर्वाचन अधिकृत कुमार भट्टराई र नेपाल पत्रकार महासङ्घ पाँचथर शाखा अध्यक्ष गिरिराज बाँस्कोटाले गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button