‘समृद्ध नेपाल,सुखी नेपाली’को अभियानलाई निरन्तरता दिनुपर्छ : उपमहासचिव गुरुङ
लमजुङ । नेकपा (एमाले) केन्द्रीय उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आफू गण्डकी प्रदेशका मुख्यमन्त्री हुँदा जिल्लामा धेरै विकासका काम अघि बढाएको दाबी गर्नुभएको छ ।
सुन्दर बजारका मतदाता भेटघाट कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले जिल्लाको खानेपानी, सडक, मोटरेवल, झोलुङे पुल, निर्माणदेखि स्वास्थ्य क्षेत्र, शिक्षालगायतका क्षेत्रको विकासलाई अघि बढाएको बताउनुभयो ।
उपमहासचिव गुरुङले समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई निरन्तरता दिनुपर्ने खाँचो औँल्याउनुभयो । रासस







प्रतिक्रिया राख्नुहोस्