तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवा धनगढीमा

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी आइपुग्नुभएको छ । उहाँ  हेलिकप्टरबाट धनगढी आइपुग्नुभएको र अहिले धनगढीस्थित निजी निवासमा पुग्नुभएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो ।
प्रधानमन्त्री देउवा भोलि (कार्तिक १७ गते) गृहजिल्ला डडेल्धुरा जानुहुने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवाले कार्तिक १७ गतेदेखि २० गतेसम्म डडेल्धुराका विभिन्न ठाउँमा आयोजना हुने चुनावी प्रचार-प्रसार कार्यक्रमलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री देउवासँग उहाँका धर्मपत्नी आरजु राणा देउवा रहनुभएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवा डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button