तपाईँ सुन्दै हुनुहुन्छः

छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते

नेपालगञ्ज । बाँकेमा आज भएका दुई छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
नेपालगञ्जको बिपी चोकबाट कोहलपुरतर्फ जाँदै गरेको बा १८ च ३६८३ नम्बरको टाटा सुमो र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ९७८० नम्बरको ट्रक जुध्दा घाइते भएकी टाटा सुमोमा सवार नेपालगन्जकी सङ्गीता मगरको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । सुमो चालक विनोद पाण्डे र नेपालगन्जकी बिन्दु मगर घाइते भएको ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
त्यस्तै नेपालगञ्जको राँझा चोकमा भे १ प १७२१ नम्बरको मोटरसाइकल र लु ४९ प ६२३१ को मोटरसाइकल आपसमा जुध्दा दुवै मोटरसाइकलका चालक गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा नेपालगञ्जका अशोक केसी र मान बहादुर शाही गम्भीर घाइते भएका हुन् । उनीहरूको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
मोटरसाइकलमा सवार बर्दियाका गोपाल काफ्ले पनि घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button