तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडाबाट खैरो हेरोइनसहित तीन जना पक्राउ 

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंटाबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौडा –५ सानोपोखराबाट खैरो हेरोइन सहित तीन जना युवकलाई पक्राउ  गरेको हो ।

पक्राउ पर्नेमा हेटौँडा–१४ मयुरधाप बस्ने २८ वर्षीय रोबिन श्रेष्ठ, हेटौँडा–११ थानाभर्याङ बस्ने २५ वर्षीय अनिष चौलागाईं र हेटौँडा–२ कान्तिराज पथ बस्ने २३ वर्षीय विकास कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

विशेष सूचनाको आधारमा ना।४८ प।९००५ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा उनीहरूको साथबाट खैरो हेरोइन १ ग्राम ४६० मिली ग्राम र सानो डिजिटल तराजु १ थान बरामद गरिएको कार्कीले बताउनुभयो । तीनै जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button