निर्वाचनले देशमा परिवर्तन चाहने शक्तिको जीत हुने : अध्यक्ष ओली
दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नजिकिएको निर्वाचनले देशमा परिवर्तन चाहने शक्तिको जीत हुने बताउनुभएको छ ।
“देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, निर्वाचनमार्फत त्यो पूरा हुनेछ”, झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका अध्यक्ष ओलीले आज बिहान आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिका– ३ क्याम्पामा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभयो ।
उहाँले मङ्सिर ४ को आम निर्वाचनपछि देशमा एमाले नेतृत्वको सरकार बन्ने बताउनुभयो । अबको निर्वाचनपछि एमाले नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)र जनता समाजवादी पार्टी ( जसपा)को सरकार बन्ने उहाँको दाबी थियो ।
उहाँले आज नै शिवसताक्षीको माइधारमा आयोजित चुनावी अभिमुखीकरण कार्यक्रमलाई समेत सम्बोधन गर्नुभएको थियो । रासस







प्रतिक्रिया राख्नुहोस्