तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा (एकीकृत समाजवादी) पार्टीको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको घोषणापत्र आज सार्वजनिक गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासचिव डा.बेदुराम भुसाललगायतका नेताले चुनावी घोषणापत्र सार्वजनिक गर्नुभयो ।
घोषणा पत्रमा अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो भएकाले निर्वाचन प्रणालीको सुधारलाई जोड दिइएको छ । चुनावी घोषणापत्रमा एकीकृत समाजवादीले भ्रष्टाचारमुक्त सरकार बनाउने प्रतिबद्धता पनि जनाएको छ ।
त्यसैगरी   पूर्वदेखि पश्चिमसम्म मेगा नहर बनाउने र विदेशबाट फर्केका युवालाई कृषि पेशामा आकर्षित गर्न १० लाखसम्म निर्ब्याजी ऋण दिने व्यवस्था गर्न अभियान नै सञ्चालन गर्ने  घोषणापत्रमा उल्लेख गरिएको छ ।
पार्टीको घोषणापत्रमा विदेशबाट फर्केका युवालाई कृषि पेशामा आकर्षित गर्न १० लाखसम्म निर्ब्याजी ऋण दिने व्यवस्था गर्न अभियान नै सञ्चालन गर्ने  उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button