सुनसरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा अर्चना
सुनसरी । सुनसरीमा छठ पर्वको अवसरमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरिएको छ ।
सुनसरीको इनरुवा, इटहरी, दुहबी , दुहबी, गढी, बर्जू ,सुनसरी–मोरङको सिँचाइ आयोजनाको नहर सहित जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् ।
सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवार सञ्चार, सूचना तथा प्रविधि र कानुन मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले छठ पर्वले सामाजिक सद्भाव बढेको र सामाजिक विकासको उद्देश्य बोकेका पर्व जातपात लगायतका विभेदको अन्त्य गर्दै मनाइने गरेको बताउनुभयो ।
छठले साझा पर्वको रुपमा विकास हुँदै वर्गीय विभेदको अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको मन्त्री कार्कीले बताउनुभयो ।
आज छठको तेस्रो दिन अर्थात् छठ पर्वको मुख्य दिन । यस दिनमा व्रतालुहरू पानी समेत नपिई निराहार व्रत बसी साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठ घाटलाई बेहुली झैँ सिँगारिएका छन् ।
व्रत बसेका श्रद्धालुले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएकोमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व समापन हुन्छ ।











प्रतिक्रिया राख्नुहोस्