तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका मुख्य बजारमा तिहारको चहलपहल (फोटोफिचर) 

सल्यान । नेपालीहरूको महान् पर्व शुभ दीपावली (तिहार) आँगनमा प्रवेशसँगै सल्यानका मुख्य बजारहरूमा सामान किन्नेको भीड बढेको छ ।
मुख्य व्यापारिक क्षेत्रहरूमा सामान खरिद गर्ने उपभोक्ताहरूको भीड देखिएको छ  भने सडकपेटीमा समेत भाइ मसला, टीका, मालाहरू आकर्षक प्याकेटहरूमा सजाइएको छ । बजार घुम्न जानेलाई समेत तिहारको रमझमले आकर्षित बनाएको देखिन्छ ।
तिहारमा प्रयोग हुने सामानहरूमध्ये झिलिमिली बत्ती, तामा र पित्तलका भाँडा दियो, प्लास्किका मालाहरू, सप्तरङ्गी टीका लगायतका सामाग्रीहरू यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन् ।
लक्ष्मी पूजाका लागि चाहिने माटाका पाला, बत्ती कपडा, ढाका टोपी र अन्य सामग्रीहरू किनमेल गर्नेहरुको चहलपहल बजारमा जताततै देख्न सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button