ठूलो परिमाणमा खाने तेलसहित चार जना पक्राउ
बारा । बारामा प्रहरीले ठूलो परिमाणमा खाने तेलसहित चार जनालाई पक्राउ गरेको छ ।
बजार मूल्य ५० लाख रुपैयाँ रहेको तेल उनीहरूले रौतहट लगेर ३९ लाख रुपैयाँमा बिक्री गरेको प्रमाण प्रहरीले फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
तेल ढुवानीका लागि प्रयोग गरिएको प्रदेश २–०३–००१ ख ४८१२ नम्बरको ट्रक समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका १ का सुकमान तामाङ, रौतहट गौर नगरपालिका १ का ३८ बर्षीय रमेशकुमार जयसवाल, रौतहटकै वृन्दावन नगरपालिका ६ का ३८ बर्षीय शेख कलाम र ४७ बर्षीय वैद्यनाथ साह तेली रहेका छन् । पक्राउ परेका तामाङ ट्रक चालक हुन् भने बाँकी तीन जना व्यापारी रहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्