हाम्रो तानसेनको नयाँ अङ्क विमोचन
पाल्पा । तानसेन नगरपालिकाले प्रकाशन गर्दै आएको हाम्रो तानसेनको नयाँ अङ्क विमोचन गरिएको छ ।
आइतबार तानसेन नगरपालिकाको सभा हलमा हाम्रो तानसेनको नयाँ अङ्कको विमोचन नगर प्रमुख सन्तोषलाल श्रेष्ठ तथा नगर उपप्रमुख प्रतिज्ञा सिंजालीले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।
नगरपालिकामा नयाँ नेतृत्व आएपछि यो पहिलो बुलेटिन हो । विगतको सरकारले प्रकाशन शुरु गरेको यो बुलेटिनलाई अहिलेको सरकारले समेत निरन्तरता दिएको हो ।
विमोचन समारोहमा नगरप्रमुख श्रेष्ठले लेखक, पत्रकार तथा बुद्धिजीवीको सल्लाह अनुसार नै आगामी अङ्कहरू परिमार्जन सहित प्रकाशन गरिने बताउनुभयो ।
नगरप्रमुख श्रेष्ठले आफ्नो कार्यकालमा बरु कम काम गर्ने तर गरेका कामलाई पूर्णता दिएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले आफ्ना ५ बर्षे योजनाहरू बिस्तारै आउने बताउनुभयो । नगर प्रमुखको रुपमा सानो ठाउँबाट ठूलो ठाउँमा आउँदा खोलामा खेलेको मान्छेलाई समुद्रमा फाल्दिएको जस्तो अनुभव भएको धारण राख्नुभयो ।
नगर उपप्रमुख प्रतीक्षा सिंजालीले हाम्रो तानसेन बुलेटिनको विषयमा जानकारी दिनुभएको थियो ।
बुलेटिनको सम्पूर्ण विषय माथि साहित्यका तथा साधक पुष्कर राज रेग्मीले गर्नुभएको थियो । उहाँले बुलेटिनमा भएका सबल पक्ष माथि चर्चा गर्दै केही सुझाव समेत दिनुभयो ।
बुलेटिनका विषयमा पत्रकार माधव अर्याल, नारायण न्यौपाने, झपेन्द्र गहिरे, रेखीराम राना बुद्धिजीवी निर्मल श्रेष्ठ पर्यटन व्यवसायी धनिश्वर बस्यालले सुझाव सल्लाह दिनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्