मौरीका बादशाह लामिछाने सयपत्री फुलमा रमाउँदै

पोखरा । फुलैफुलको चाड अर्थात् नेपालीको दोस्रो ठुलो चाड तिहारलाई लक्षित गरी पोखरा महानगरपालिका वडा नं. ३१ लामासुहारा निवासी सूर्य प्रसाद लामिछाने अर्थात् मौरीका बादशाहले विगत चार वर्ष अघि देखी सयपत्री फुल पुष्प खेती गरेका उनी विदेशीको गुलाम होइन , स्वदेशको माटोमा रमाउने सन्देशका साथ ३०० भन्दा बढी मौरी पालन गरी ख्याति कमाएका लामिछाने हालका दिनमा सयपत्री फुलको खेती गर्न तल्लीन छन् ।
दिदीबहिनीका लागि विषेशगरी चाडपर्व तिहारमा प्रिय सयपत्री फुल विशेषगरी गाउँघरमा अहिले सबैको घर–आँगन, डिल, बारी, कान्लामा तिहार झल्काउने फूल आँगनमा मात्र होइन, बारीको डिलमा पनि फुलेका छन् । तर म भने व्यवसाय सयपत्री फुलको खेती गरेको बताउँछन् ।
भन्ने गरिन्छ – फूलहरूको आ–आफ्नै महत्त्व हुन्छ । जबसम्म फूल बोट मै हुन्छ, तबसम्म फूलको महत्त्व अत्यन्तै हुन्छ र टिपेपछि महत्त्व हराउँदछ ।
तर, तिहारमा फुल्ने फूल भने टिपेपछि पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छन् । सयपत्री पनि तिहारमा विशेष महत्त्वको मानिने एक प्रकारको फूल हो सयपत्री फुल । यो फूल नेपालको प्रसिद्ध फूल हो । चाडपर्वमा उपहार भन्दा नि सयपत्री फुलको सौन्दर्य र यसको महत्त्वलाई दिदीबहिनी र दाजुभाइलाई मात्र थाहा छ ।

यसका फूलहरू औषधि, सजावट तथा समारोहहरूमा हजारौँ वर्षदेखि गलामा सयपत्री फुलको सुगन्ध र उपयोग भिन्न रहेको बताउँदै चार्डपर्वमा फूलको माग बढ्ने भएपछि पर्यटकीय नगरी एवं सुन्दर नगरी पोखरामा फूलको खेती सुरु गरेका हुन् । उनी भन्दछन् यतिबेला उत्पादित सयपत्रीको थुगा बेच्न व्यस्त छन् । आफैँले तयार पारेर रोपेको बिरुवा ३ महिनापछि फुल्न थालेको उनी बताउँदछन् । उनले आफ्नै बारीमा ३ सय मौरीका घार सँगै सयपत्री फुलको खेती गरेका हुन् ।
विगत ५ वर्ष अघि देखि व्यवसाय रुपमा सयपत्री फुलको खेती गरेका उनीले यस वर्ष ५ हजार बिरुवा लगाएका छन् । यस वर्षको तिहारमा ५ लाख रुपैयाँ बढीको माला बेच्ने लक्ष्य लिएका उनी आयआर्जनको प्रमुख स्रोत फूलखेती हुने कुरामा विश्वस्त छन् । ‘तिहारमा सयपत्री फूलले राम्रो बजार पाउने भए पनि तिहार अघिदेखि नै फूलको माग हुने गर्छ, उनले ‘स्थानीय संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा पनि हाम्रो फूलको माग हुन्छ ।’ सयपत्री फूल खेतीका लागि ३ महिना खट्न सके राम्रो आम्दानी लिन सकिने उनको भनाई छ ।
आफूले उत्पादन गरेको फूलले तिहारको समयमा पोखरा र लेखनाथ क्षेत्रभरि बजारको मागलाई धान्न सक्ने विगतका वर्षमा उनीहरूले माला प्रतिगोटा १०० रुपैयाँका दरले बिक्री गरेका थिए । ‘यस वर्ष लागत अहिले नै अनुमान गर्न नसकेकाले फूल टिप्न थालेपछि मात्र मूल्य निर्धारण हुन्छ’ लामिछाने बताउँछन् । ‘विगतका वर्षमा पनि बजार मूल्यभन्दा हाम्रो मूल्य कम थियो, यस वर्ष पनि हामी उपभोक्तालाई मार नपर्ने मूल्य निर्धारण गर्ने छौँ ।’ तिहारको समयमा स्थानीय क्षेत्र लेखनाथ र पोखरामा आफैले फूल बेच्ने योजना बनाएका छन् ।
उनी भन्दछन् नेपाली बजारमा भारतको फूलले राम्रो पकड जमाएको छ । नेपालमा व्यवसायीक फूल खेती गर्नेको सङ्ख्या कमै छ । तर, भारतमा भने अत्यधिक फूल उत्पादन हुने गर्दछ । जसकारण भारतले तोकेको मूल्यमा नै फूल बिक्री गर्नुपर्ने बाध्यता रहेको ‘हाम्रो उत्पादनले व्यापारीको मागलाई धान्न सक्दैन । त्यसले गर्दा भारतसँग सम्पर्क टुट्ने डरले भारतीय उत्पादन रोज्न नेपाली व्यापारी बाध्य हुनु परेको छ ।

बर्खामा भारतबाट कम फूल आयत हुने हुनाले त्यस समयमा पनि फूल उत्पादन गर्न सके राम्रो बजार पाउने बजारमा फूलको माग भए पनि फूल खेतीतर्फ ध्यान दिन नसक्दा भारतबाट आयात गरेको फूल प्रयोग गर्न नेपाली बाध्य छन् ।
नाम जस्तै उनलाई कामले पनि साथ दिएको छ । अहिले फूल ढकमक्क फुलेका छन् । जहाँ जो कोही पुग्दा फुलै फुलको संसारमा गए जस्तो भान हुन्छ । फूल देख्दै मनमोहक छन् । तिहारको समयका मात्र गण्डकी प्रदेशमा लाखमाला आवश्यक रहेको अनुमान गरिएको उनले बताए ।
प्रदेश सरकारले “व्यावसायिक पुष्प खेती गरौँ,आत्मनिर्भर बनौँ, आयात होइन निर्यात गरौँ,” भन्ने नारा नै तय गरेको छ । तर मेरो लागि सरकारले केही सहयोग नगरेको उनले बताए । जे होस् सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गरोस् र भारतीय फुललाई प्रतिबन्ध लगाओस् । चाड पर्व र संस्कार र संस्कृतिको देश नेपालमै यसको उत्पादन र विक्रीका लागि बजारको कुनै अभाव हुँदैन । तसर्थ स्वदेशी उत्पादनमा रमाऔँ विदेशी वस्तुमा कडाइ गरौँ यही सन्देश दिन चाहन्छन् कृषक सूर्य प्रसाद लामिछाने ।








प्रतिक्रिया राख्नुहोस्