ट्रकको ठक्करबाट एक मजदुरको मृत्यु
बारा । बाराको सिमरामा ट्रकको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ ।
जगदम्बा स्टिलमा कार्यरत करैयामाइ गाउँपालिका वडा नं.५ का ४० वर्षीय रामसुरच चौधरीको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको थियो ।
अस्पतालका चिकित्सकले मृत घोषणा गरेका छन् ।
जगदम्बा स्टिलभित्र प्रवेश गर्न सडक छेउमा राखिएको लहरीका कारण ट्रकले सर्भिस लेनमा मजदुरलाई प्रदेश २ ०३१६ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्