पाल्पामा एक हजार २१५ म्यादी प्रहरी निर्वाचनमा खटिने

पाल्पा I मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षामा पाल्पाबाट एक हजार २१५ म्यादी प्रहरी खटिने भएका छन् । निर्वाचन सुरक्षाका लागि भर्ना भएका एक हजार २१५ जना म्यादी प्रहरी पाल्पा जिल्लाको ११८ मतदान स्थल र २४६ मतदान केन्द्रमा सुरक्षाका लागि खटिने भएका हुन् ।
म्यादी प्रहरी छनौट कार्य सम्पन्न गरी उनीहरूका लागि १० दिने तालिम समेत सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।
पाल्पामा तानसेन र रामपुरमा गरी दुई स्थानमा एकैसाथ १० दिने तालिम सञ्चालन भइरहेको छ । आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाल्पाबाट दुई हजार ६७ जनाले म्यादी प्रहरी हुनका लागि आवेदन दिएका थिए । प्रयोगात्मक र अन्तरवार्ता पश्चात् छनौट भएकाहरूलाई अहिले तालिम दिइएको हो ।
निर्वाचनको सुरक्षामा खटिन पाल्पामा ३२३ महिला आठ सय ८९२ जना पुरुष गरी जम्मा एक हजार २ सय १५ जना छनौट गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्