तपाईँ सुन्दै हुनुहुन्छः

‘सुनसरी–४ मा ८० प्रतिशत काम पूरा भएको छ’

सुनसरी । सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरी क्षेत्र नम्बर–४ मा पाँच वर्षमा ८० प्रतिशत काम पूरा भएको बताउनुभएको छ ।

सुनसरीको कोसी गाउँपालिका–७ मा आयोजित सत्तारुढ गठबन्धनको छलफल तथा चियापान कार्यक्रममा मन्त्री कार्कीले सुनसरी–४ मा बीस प्रतिशत काम गर्न बाँकी रहेको बताउनुभयो ।

सञ्चारमन्त्री कार्कीले २०७४ सालको निर्वाचनमा गरेका बाचाहरूलाई धेरैजसो पूरा गरेको र केही अधुरा कामहरूलाई पूरा गर्नका निमित्त पुनः जनताको माझमा आएको बताउनुभयो ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनमा नेपाली काँग्रेसको तर्फबाट सुनसरी क्षेत्र नम्बर–४ का उम्मेदवार समेत रहनुभएका कार्कीले यस क्षेत्रको समृद्धिका लागि सदैव लागिपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button