तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा जीप दुर्घटना : मृतक चार जनाको पहिचान खुल्यो (अपडेट)

बझाङ । बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा मृत्यु भएका मध्ये चार जनाको पहिचान खुलेको छ । 

पहिचान खुलेका चार जनामा दुई महिला र दुई पुरुष रहेका छन् । 

दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ बर्षीय रोशन खड्का, ११ बर्षीय प्रचण्ड खड्का र २८ बर्षीया बसन्ती धामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य मृतक र घाइतेहरूको पहिचान खुलेको छैन । 

बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको थियो । 

सु.प.प्र ०१–००१ च ११७ नम्बरको जीप तुफान डाँडामा दुर्घटनामा परेको थियो । जीप सडकबाट दुई सय मिटर तल भिरमा खसेको थियो । 

अहिले घाइतेहरूलाई जिल्ला अस्पताल सिमखेत ल्याउने काम भइरहेको समेत सूचना अधिकारी अवस्थीले बताउनुभयो ।

सम्बन्धित समाचार

बझाङमा जीप दुर्घटना : छ जनाको मृत्यु

प्रतिक्रिया राख्नुहोस्

Back to top button