तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय वाणिज्य बैंकका शाखा ७७ वटै जिल्लामा

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको बैङ्किङ सेवा ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ ।

सर्लाही जिल्लाको मलंगवा न.पा.वडा न.९ स्थित शाखा कार्यालय मलंगवा विस्तार गरी सोमबार कारोबार शुभारम्भ भएसँगै ७७ जिल्लाका सदरमुकाममा बैङ्कको सेवा पुगेको हो ।

file photo

वाणिज्य बैङ्कहरूमध्ये ७७ जिल्लामा राष्ट्रिय वाणिज्य बैंकले पहिलो बैङ्कको रुपमा बैङ्किङ पहुँच पुर्‍याएको हो ।

नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैङ्क आ.व.२०७८/७९ को चौथो त्रैमाससम्ममा ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । २०७९ आषाढ मसान्तमा ग्राहक निक्षेप २ खर्ब ५९ अर्ब र खुद कर्जा तथा सापट २ खर्ब २९ अर्ब पुगेको बैंकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button