तपाईँ सुन्दै हुनुहुन्छः

खोखो समूह चरणका अन्तिम खेल जारी

कास्की I नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला खोखोका समूह चरणका अन्तिम खेल मङ्गलवार भइरहेका छन् । पोखरा रङ्गशालास्थित ह्यान्डबल एकेडेमीमा महिला तथा पुरुषबीच समूह चरणको अन्तिम भिडन्त जारी छ ।

खोखो समूह चरणको तेस्रो दिन बिहान महिला टिमबीच प्रतिस्पर्धा भइरहेको छ । जसमा पहिलो खेल सुदूरपश्चिम र मधेश प्रदेशबिच, दोस्रो खेल लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबिच, तेस्रो खेल आर्मी र बागमती प्रदेश, चौथो खेल प्रदेश १ र गण्डकी प्रदेश तथा अन्तिम खेल नेपाल आर्मी र मधेश प्रदेशबिच हुनेछ ।

त्यस्तै, समूह चरणको अन्तिम खेल अन्तर्गत मङ्गलवार साँझ पुरुष टोलीबिच स्पर्धा हुनेछ । जसमा पहिलो खेलमा विभागीय टिम नेपाल आर्मी र घरेलु टोली गण्डकी प्रदेश, दोस्रो खेल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश, तेस्रो खेल प्रदेश १ र मधेस प्रदेश तथा अन्तिम खेल कर्णाली प्रदेश र बागमती प्रदेशबिच हुने खेल तालिका छ ।

राउन्ड रोबिन आधारमा खेलाइएको खेलमा २ विभागीय टिमसहित ९ टिमले सहभागिता जनाएका छन् । आइतबारबाट सुरु भएको खेल बुधवारबाट सेमिफाइनल खेल हुनेछन् भने कात्तिक ३ पदक छिनोफानो हुनेछ ।

महिला बास्केटबल आर्मी फाइनलमा 

तनहुँमा जारी थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगिताबाट त्रिभुवन आर्मी फाइनल प्रवेश गरेको छ । 

मङ्गलवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको निर्धारित समयसम्म गण्डकी र आर्मीले ६÷६ अङ्कको बराबरी भएको थियो । थपिएको अतिरिक्त समयमा आर्मीका लागि सिवाङ्गी लिम्बू र जेनिसा श्रेष्ठ स्कोर गदै टोलीलाई ८–६ को अग्रता दिलाएका थिए ।

आर्मी लिग चरणमा दुवै खेल जितेर सेमिफाइनलको यात्रा तय गरेको थियो भने गण्डकी १ जित र १ हार सँगै लिग चरणबाट सेमिफाइनलमा पुगेको थियो । अर्को  सेमिफाइनलमा एपीएफ र बागमती प्रदेश बीच हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button