तपाईँ सुन्दै हुनुहुन्छः

कार्तिक ४ गतेभित्र स्वतन्त्र उम्मेदवारी निष्क्रिय गर्न काँग्रेसको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि गठबन्धन दलका आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरूलाई कार्तिक ४ गतेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा कार्तिक ४ गतेभित्र आफ्ना उम्मेदवारी निष्क्रिय गराएमा पार्टी केन्द्रले गरेको कारबाही फुकुवा हुने पनि जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button