तपाईँ सुन्दै हुनुहुन्छः

इरानको इभिन जेलमा आगलागी हुँदा ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो

तेहरान I तेहरानको इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको जनाइएको छ ।  यस कारागार आगलागीमा परी सुरुमा चार कैदीको मृत्यु हुनाका साथै अन्य ६१ जना घाइते भएको सरकारी समाचार एजेन्सी इरानले आइतबार जनाएको थियो । 

‘इभिन कारागारको वार्डका केही कैदीहरूबिच शनिबार राति भएको झडप र आगलागीपछि  सो दुर्घटना  भएको हो ।  विषाक्त धुवाँबाट निसास्सिएर मृत्यु भएका चार कैदीहरूलाई चोरीको अभियोगमा दोषी ठहर गरिएको थियो र  उनीहरूले इभिन जेलमा सजाय भोगिरहेका थिए । 

घाइते ६१ मध्ये ५१ जनाको क्लिनिकमा उपचार गरिएको थियो भने १० जनालाई अस्पतालमा भर्ना गरिएको थियो ।  प्रतिवेदन अनुसार चोटपटकको जोखिममा रहेका ७० भन्दा बढी कैदीहरूलाई बचाइएको थियो । अस्पताल भर्ना गरिएका घाइतेहरू चार जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या आठ पुगेको जनाइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button