तपाईँ सुन्दै हुनुहुन्छः

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था स्थिर

फाइल तस्वीर

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था हुन सकेको छैन । 

किष्ट अस्पतालमा १८ दिनदेखि उपचाररत एक सय तीन वर्षीय जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको अस्पतालले जनाएको छ । 

अस्पतालले आज विज्ञप्ति जारी गरी जोशीलाई स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाएको हो । 

लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि यही असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार सुरु गरिएको थियो । “हिजोको तुलनामा उहाँको स्वास्थ्यमा खासै सुधार भएको छैन, स्वास्थ्य अवस्था स्थिर नै छ”, विज्ञप्तिमा भनिएको छ । 

परीक्षण गर्दा डेङ्गु सङ्क्रमण, छातीमा निमोनियाको सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कमी भएर सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button