अरिङ्गाल पोल्न खोज्दा रुखबाट लडेर एकको मृत्यु
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–२, हापुरमा अरिङ्गाल पोल्न खोज्दा रुखबाट लडेर एक जनाको ज्यान गएको छ ।
अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर तिनाउ–२, हापुर बस्ने ३० वर्षका विष्णु सारूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तारे जङ्गलको सालको रुखमा रहेको अरिङ्गाल पोल्न क्रममा सारु रुखबाट खसेर गम्भीर घाइते हुनुभएको थियो । घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा गएराति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्