तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण पश्चिम पाकिस्तानमा विस्फोटमा ३ जनाको मृत्यु, ४ घाइते

इस्लामावाद I पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा शुक्रबार साँझ एउटा गाडीमा बम विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।

मस्तुङ जिल्लाका डेपुटी कमिश्नर सुल्तान बुग्तीले जिल्लाको काबु क्षेत्रमा स्थानीय आदिवासी नेताको गाडीमा सडक किनारमा बम विष्फोट भएको सञ्चारमाध्यमलाई बताएका छन् ।

अघिल्लो दिन अज्ञात बन्दुकधारीले गोली हानेर मारिएका व्यक्तिको शव सार्न जाने क्रममा गाडीमा आक्रमण भएको थियो । सुरक्षा बल र उद्धार टोली घटनास्थलमा पुगेर शव र घाइतेहरूलाई अस्पताल ल्याएका थिए।

 उक्त बम सडकको छेउमा राखिएको र रिमोट कन्ट्रोल यन्त्रबाट विस्फोट गराइएको अधिकारीले बताएका छन् ।

 अहिलेसम्म कुनै समूह वा व्यक्तिले आक्रमणको  जिम्मा लिएका छैनन्। रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button