तपाईँ सुन्दै हुनुहुन्छः

विभिन्न दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौँ । पर्साको वीरगन्ज महानगरपालिका २४ बहुअरीचोकमा आज लरीको ठक्करबाट पैदल यात्रु पर्साको पोखरियाका ६० वर्षीय विगा रामको मृत्यु भएको छ ।

आजै पर्साको सिर्सिया सुक्खा बन्दरगाहको प्रवेश द्वारमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल यात्रु भारत घर भएका ३० वर्षीय सन्तोष कुशवाहाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाङको तुलसीपुर हापुरे सडक खण्डको शान्तिनगरमा मोटरसाइकलको ठक्करबाट ४ वर्षीय बालक स्मार्ट डाँगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, भीरबाट लडेर बैतडीको दशरथचन्द नगरपालिका–२ जेब्लाखानकी ४५ वर्षीया लीलादेवी बोहराको मृत्यु भएको छ ।

आज स्थानीय सलेनी लोटे भिरमा खर काटिरहेका बेला लडेर बोहराको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button