तपाईँ सुन्दै हुनुहुन्छः

महिला फुटबल प्रतियोगिता: शुक्रबार तीन खेल सम्पन्न

स्याङ्जा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्याङ्जाको वालिङ खेल मैदानमा सञ्चालित महिला फुटबल प्रतियोगिताको शुक्रबार तीन खेल भएका छन् । विभागीय टिम एपिएफ र गण्डकी प्रदेश विजयी भएका छन् भने तेस्रो खेल बराबरीमा टुङ्गिएको छ ।

पहिलो खेलमा विभागीय टिम एपिएफले प्रदेश नं. १ लाई १ का विरुद्ध सात गोल गर्दै विजयी भएको हो । एपिएफका लागि सावित्रा भण्डारीले ६ गोल गर्नुभएको हो भने अनिता केसीले एक गोल गर्नुभएको थियो । प्रदेश नंं १ का लागी अन्जना थुलुङ राईले एक मात्रै सान्त्वना गोल गर्नुभएको हो ।

दोस्रो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई शून्यका विरुद्ध ३ गोलले हराएको हो । खेलको ३३ औँ मिनेटमा शान्ता नेपालीले सुरुवाती गोल गर्नुभएको हो । उदया थापाको दुई गोलसहित गण्डकीले शून्यका विरुद्ध ३ गोल गरी जीत निकालेको हो । खेलको धेरैजसो समय गण्डकीले कर्णाली प्रदेशलाई दबाबमै राखेको थियो ।

आजको अन्तिम तथा तेस्रो खेल सुदूरपश्चिम र मधेस प्रदेश बीचको खेल बराबरीमा टुङ्गिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button