मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
मकवानपुरमा भिरबाट लडेर र अरिङ्गालको टोकाइबाट दुई जनाको मृत्यु भएको हो ।
जिल्लाको भीमफेदीमा भिरबाट लडेर र अरिङ्गालको टोकाइबाट दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
भिमफेदी गाउँपालिका–६ सुरुङ खोलास्थित भिरबाट लडेर जुरीखेत बस्ने अन्दाजी ३१÷३२ वर्षीया समिता राना मगरको मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताउनुभयो ।
बुधबार दिउँसो घरदेखि करिब एक किलोमिटर पर पाखामा घाँस काट्न गएकी मगरको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, भीमफेदी गाउँपालिका–६ पारीबजार बस्ने ६२ वर्षीय कृष्णबहादुर स्याङ्तानको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ ।
बुधबार दिउँसो स्थानीय काभ्रे डाँडामा गोठालो गएका उनलाई अरिङ्गालले टोक्दा गम्भीर बिरामी भएका थिए । उनको उपचारको क्रममा आज बिहान चितवनको अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्