साउदी अरबले पेट्रोलियम पदार्थको उत्पादन घटाए परिणाम भोग्नु पर्ने अमेरिकी राष्ट्रिपति बाइडेनको चेतावनी
वासिङ्टन । साउदी अरबले पेट्रोलियम पदार्थको उत्पादन घटाए त्यसको परिणाम भोग्नु पर्ने अमेरिकी राष्ट्रिपति जो बाइडेनले चेतावनी दिनु भएको छ ।
साउदी अरब र रुसको नेतृत्वमा पेट्रोलियम पदार्थ उत्पादन गर्ने प्रमुख मुलुकले उत्पादन घटाउने निर्णय गरेपछि अमेरिकी राष्ट्रपति बाइडेनले चेतावनी दिनुभएको अन्तराष्ट्रिय समाचार माध्यम अलजजिराले जनाएको छ ।
साउदी अरबलाई अमेरिका निकट राष्ट्रको रुपमा चिनिन्छ जसलाई अमेरिकाले अरबौँ डलर बराबरको हतियार बेच्दै आएको छ ।
तर, रुसलाई सहयोग पुग्ने गरी साउदी अरबले पनि पेट्रोलिय पदार्थको उत्पादन घटाउने घोषणा गरेपछि अमेरिका रुष्ट बनेको हो ।
अमेरिकाको दबाबकाबीच साउदी अरबलगायतका पेट्रोलियम पदार्थ उत्पादकहरुले प्रतिदिन २० लाख ब्यारेल प्रेट्रोलियम पदार्थ कटौति गर्ने निर्णय गरेका छन् ।
तर, केन्द्रिय बैंकहरुले ब्याजदर बढाएको र विश्व आर्थिक मन्दिको खतरालाई ध्यानमा राखेर पेट्रोलियम बजारलाई स्थिर राख्न उत्पादन कटौती गर्नु परेको साउदी अरबले जनाएको छ ।
यसले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्वि नहुने दाबी साउदी अरबको छ ।








प्रतिक्रिया राख्नुहोस्