तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’

File Photo

काठमाडौंँ । राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

कोरोना संक्रमण भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएकोमा स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १२ः४५ बजे उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिनुभयो ।

अहिले राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरू सामान्य रहेका उहाँले बताउनुभयो ।

यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो आएपछि अस्पतालमा भर्ना गरिएको थियो । त्यस क्रममा पीसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button