नक्कली नोटसहित ३ जना पक्राउ
बारा । बारामा ९ लाख नेपाली नक्कली नोटसहित ३ जना पक्राउ परेका छन् । बारा प्रहरीले सिम्रौनगढबाट पक्राउ गरि उनीहरुलाई आज सार्वजनिक गरेको हो ।

सिम्रौनगढ नगरपालिका ५ कनकपुर टोलस्थित सडकबाट उनीहरुलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनुभयो ।
प्रहरीले भारतीय प्रस्ट नम्बर नबुझिने मोटरसाइकलमा आएका भारत बिहार राज्य जिल्ला मोतिहारी पूर्वी चम्पारण ग्राम पोष्ट पिप्राकोट्टी बस्ने वर्ष २५ का रञ्जित कुमार मुखियालाई असोज २१ गते शङ्का लागि चेकजाँच गर्दा ९ लाख नक्कली नोट बरामद गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्