तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले अवरुद्ध राजमार्ग सुचारु

डडेल्धुरा । पहिरोले अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका मुख्य दुई राजमार्गमा पुनः सञ्चालन भएका छन् ।

अत्तरिया–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा–डोटी जोड्ने डा.केआईसिंह राजमार्गमा खसेको पहिरो हटाइएपछि राजमार्ग पुनः सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो ।

डडेल्धुरा–बैतडी जोड्ने दशरथ चन्द राजमार्गको अनारखोली क्षेत्रमा खसेको पहिरो पनि हटाई राजमार्ग पूर्ण रुपमा सुचारु भएको प्रहरी नायव उपरिक्षक मनोहर भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button