तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाद्वारा डडेलधुराबाट उम्मेदवारी दर्ता

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि डडेलधुराबाट उम्मेदवारी दर्ता गर्नुभएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर उहाँकी पत्नी डा.आरजु राणा देउवाले प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराउनुभएको हो ।

वारिसनामामार्फत डा.आरजुले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता गर्नुभएको मुख्य निर्वाचन अधिकृत कार्यालय डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button