वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा काठमाडौँ–५ बाट उम्मेदवारी दर्ता

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले केही बेरअघि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।
पोखरेल यसअघि २०७४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्