सुर्खेतका अवरुद्ध चार सडक मध्ये एक सुचारु, डुबानमा एक सय हेक्टर धानबाली

सुर्खेत । बुधबारदेखि अविरल परिरहेको वर्षासँगै आएको पहिरोले अवरुद्ध सुर्खेतका महत्त्वपूर्ण चार सडक मध्ये रत्नराज मार्गको छिन्चु–सुब्बाकुना सडकखण्ड सुचारु भएको छ ।
अवरुद्ध सडक सुचारु भएसँगै कर्णाली प्रदेश आउने जाने यातायातका सवारी साधन गुड्न थालेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार छिन्चु–जाजरकोट सडक खण्डको गुर्भाकोट नगरपालिका क्षेत्रमा पर्ने पोखरे र जुम्ली भीर तथा वीरेन्द्रनगर नगरपालिका–१३, अन्तर्गत सुर्खेत–दैलेख सडक खण्डदेखि रातानाङ्ला–धरमपोखरा सडकको तार पोखरीमा खसेको पहिरो हटाउने कार्य जारी राखिएको छ ।

वीरेन्द्रनगर उपत्यकाको पर्सेनी, लबस्ता, तीलपुर, इटौरा, घोग्रेनी, वाउन्नेलगायत तल्लो तटीय क्षेत्रको करिब एक सय हेक्टर धान बाली डुबानमा परेको प्रहरी कार्यालयका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिनु भयो ।
पहिरोले गुर्भाकोट नगरपालिका वडा नंं ११ का १३ घरमा पूर्ण क्षति पु¥याएको छ भने वीरेन्द्रनगरको तल्लो तटीय क्षेत्रका ३ वटा घर डुबानमा परेका छन् । डुबानमा परेकाहरूलाई स्थानीय प्रशासनले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।









प्रतिक्रिया राख्नुहोस्