पहिरोमा पुरिएर छ जना बेपत्ता
प्युठान । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा आज दिउँसो गएको पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् ।
स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहु मगर र उनकी श्रीमती, १८ वर्षीया मौसमी थापा, ६० वर्षीय हिराबहादुर थापा, चार वर्षीय सुसान थापा र २१ वर्षीय टेकी राहु मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुशील थापा मगरले बताउनुभयो ।
सदरमुकामबाट प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलतर्फ गएको र बेपत्ताहरूको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक थापा मगरले बताउनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्