पहिरोले सुर्खेतका चार सडक अवरुद्ध

सुर्खेत । पछिल्लो चारदेखि अविरल परिरहेको वर्षासँगै आएको पहिरोले सुर्खेतका महत्त्वपूर्ण चार सडक अवरुद्ध भएका छन् ।
उत्तर–दक्षिण जोड्ने रत्नराज मार्गको छिन्चु–सुब्बाकुना सडक खण्डको पैसठ्ठीमा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरी कार्यालयका सूचना अधिकारी सुरज कार्कीका अनुसार छिन्चु–जाजरकोट सडक खण्डको गुर्भाकोट नगरपालिका क्षेत्रमा पर्ने पोखरे र जुम्ली भीरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
उता वीरेन्द्रनगर नगरपालिका–१३, अन्तर्गत सुर्खेत–दैलेख सडक खण्डदेखि रातानाङ्ला–धरमपोखरा सडकको तार पोखरीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
अहिले अवरुद्ध सडकहरू सुचारु गराउन सम्बन्धित स्थानीय पालिकासँगै सडक डिभिजन कार्यालय सुर्खेतले डोजरसहित जनशक्ति परिचालन गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्