तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा २ हजार ४ सय ९५ जना म्यादी प्रहरी खटिने

सुनसरी । आगामी मङ्सिर ४ गते हुने संघीय र प्रदेश सभा सदस्य निर्वाचनका लागि शान्ती सुरक्षामा सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै खटिने म्यादी प्रहरीको छनौट प्रक्रिया जारी छ ।

सुनसरीको १२ वटा स्थानीय तहमा आवश्यक गर्ने दुई हजार चार सय ९५ जना म्यादी प्रहरीको छनौट प्रक्रिया जारी रहेको सुनसरी प्रहरीले जनाएको छ ।

जिल्लाको इनरुवा नगरपालिका १ खेल मैदानमा लिइएको शारीरिक परीक्षण, लिखित परीक्षाको सफल उम्मेदबारहरुको नाम सार्वजनिक भएको छ भने पूर्व म्यादी र सुरक्षाकर्मीहरूको परीक्षाको नतिजा असोज २५ भित्रै सार्वजनिक हुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button