तपाईँ सुन्दै हुनुहुन्छः

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत पौडेलद्वारा ओहोदाको प्रमाणपत्र पेश

मलेसिया । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मोह्द अईनी बिन अतनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुभएको छ ।

कार्यक्रममा मलेसियाका शिष्टाचार महापाल अतनले नेपालको राजदूत पदमा नियुक्त हुनुभएकोमा पौडेललाई बधाई दिनुका साथै मलेसियामा स्वागत गर्नुभयो । राजदूत पौडेल र शिष्टाचार महापाल अतनले नेपाल र मलेसियाबीचमा रहिआएको ऐतिहासिक सम्बधका बहुआयामिक पक्षमा छलफल समेत गर्नुभयो । भेटमा दुई पक्षीय, क्षेत्रीय तथा बहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै अघि बढ्ने बारे छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button