तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाको छहरामा जिप दुर्घटना

पाल्पा।पाल्पाको रैनादेवी छहरा ४ मा जिप दुर्घटना भएको छ ।बुटवलबाट यात्रु लिएर जुठापौवा जादै गरेको लु१ख १४३१ नम्बरको जिप भैरव मावि छहराको निमार्णधिन भवन माथी दुर्घटना भएको मुझुङ प्रहरीले जनाएको छ।

दुर्घटना आज बिहान करिब ५ बजे भएको हो । जीपमा ११ जना यात्रु रहेको र २ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी मुझुङले जनाएको छ ।राती १२ बजे बुटवल बाट जुठापौवाको लागी हिडेको जिप के कारणले दुर्घटना भयो भन्ने बारे खुलेको छैन। घाइतेलाई मिसन अस्पताल तानसेन तर्फ लगिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button