नारायणी नदीमा पौडी खेल्ने क्रममा किशोर डुबेर बेपत्ता

चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर डुबेर बेपत्ता भएका छन् । धादिङ महाविरबेशी घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर १ देवघाटमा डेरा गरेर बस्ने पार्वती अधिकारीको बर्ष १६ का अभिषेक अधिकारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार पौडी खेल्ने क्रममा अभिषेक आज दिउसो सवा १ बजे डुबेर बेपत्ता भएका छन् । उनी डुबेर बेपत्ता भएको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट देवघाट र वडा प्रहरी कार्यालय नारायणगढको विपद् उद्धार सहितको टोलीद्वारा खोजतलास भइरहेको छ । हालसम्म उनी फेला पर्न सकेका छैनन् ।








प्रतिक्रिया राख्नुहोस्