तपाईँ सुन्दै हुनुहुन्छः

डेंगुबाट नेपालमा ३२ जनाको मृत्यु, २५ हजार ५ सय बढी बिरामी

काठमाडौँ । पोथी लामखुट्टेको टोकाईबाट सर्ने डेंगु नेपालको ७६ जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यो वर्षको साउन महिनादेखि देखिएको डेंगुबाट अहिलेसम्म २५ हजार ५ सय ४३ जना बिरामी भएका छन् । 

डेंगुबाट सबैभन्दा धेरै बागमती प्रदेशमा १९ हजार ९ सय १० संक्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डेंगुबाट हालसम्म ३२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

सरकारले प्रदेश, जिल्ला, स्थानीय तह र स्वास्थ्य संस्थाहरूको माग तथा उपलब्धताका आधारमा डेंगु रोग निदानका लागि परीक्षण किटहरू उपलब्ध गराउँदै आएको, डेंगु अनुसन्धान तथा लार्भा नष्ट तथा सचेतनामुलक गतिविधि गरिरहेको जनाएको छ । 

नेपालमा डेंगुका बिरामी वि.सं २०६१ सालमा देखिएको र तत्पश्चात् वर्षेनी डेंगुका बिरामी बढिरहेका हुन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button