तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी पोलिटव्युरो सदस्य भण्डारीसहित धनकुटाका नेताहरूको सामूहिक राजीनामा 

काठमाडौँ । नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरूले सामूहिक राजीनामा दिएका छन् । 

माओवादी केन्द्र धनकुटाका जिल्ला संयोजक डिल्लीराम राईले आज एक विज्ञप्ति जारी गर्दै जिल्लाबाट प्रतिनिधित्व गर्ने पोलिटव्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरुले सामूहिक राजीनामा दिएको जनाउनुभएको छ । 

सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँट गर्दा धनकुटाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादीले नपाउने भएपछि पोलिटब्यूरो सदस्य हेमराज भण्डारीसहित जिल्लाका नेताले सामूहिक राजीनामा दिनुभएको हो  ।

नेता भण्डारीले आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने र उहाँको उम्मेदवारीलाई सघाउने जिल्ला संयोजक राईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको धनकुटाबाट गठबन्धनका तर्फबाट कांग्रेस नेता सुनिलबहादुर थापा र जसपाका रकम चेम्जोङले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि दाबी गर्नुभएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button