तपाईँ सुन्दै हुनुहुन्छः

तालिम र शिक्षालाई व्यवस्थित बनाउन सहयोग गर्ने मन्त्री खापुङको प्रतिबद्धता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले नेपालमा चिकित्सा शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा विकासमा कलेज अफ फिजिसियन्स एण्ड सर्जन्स पाकिस्तानले गरेको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

कलेज अफ फिजिसियन्स एण्ड सर्जन्स पाकिस्तानको ५५ औँ दीक्षान्त समारोहमा मन्त्री खापुङले नेपाली चिकित्सक र सिपिएसपीको सुमधुर सम्बन्ध कायम रहेको बताउनुभयो ।

मन्त्री खापुङले नेपालमा स्नातकोत्तर मेडिकल तालिम र शिक्षालाई व्यवस्थित बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सिपिएसपीका अध्यक्ष प्रोफेसर मुहम्मद सोएब सफीले उच्च चिकित्सा शिक्षाको उत्कृष्टतामा ध्यान दिँदै प्रशिक्षणमार्फत पारदर्शी परीक्षा सञ्चालन गर्दै विश्वमा गुणस्तरीय वैज्ञानिक शिक्षा प्रदान गर्ने बताउनुभयो ।

दीक्षान्त समारोहमा ४५ नेपाली प्रशिक्षार्थी उपस्थित हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button