तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा बाढी-पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या २३ पुग्यो

अछाम । अछामको विभिन्न ठाउँमा गए राती आएको बाढी तथा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या २३ पुगेको छ ।

मृतक सबैको सनाखत भएको अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताउनुभयो ।

file photo

मृत्यु हुनेमा ढकारी गाउँपालिका ६ बस्ने २ बर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका ५ बस्ने १७ वर्षीया जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीय विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीय मनिषा शाही, १७ वर्षीय कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, १ वर्षीय मेनिका शाही, ३ वर्षीय कल्पना शाही, २१ वर्षीय भावना शाही रहेको प्रहरीले जनाएको छ ।

यसैगरी कमलबजार नगरपालिका ६ बस्ने ३० वर्षीय अमृता कामी, १७ वर्षीय समिता कामी, २१ वर्षीय अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीय मैनकला कामी, १५ वर्षीय गीता कामी, १२ वर्षीय सिरु कामीको ज्यान गएको छ । उनीहरू एकै घरका हुन् ।

यस्तै कमलबजार नगरपालिका ८ ढुङ्गला बस्ने एकै घरका २६ वर्षीय गम्भीर दमाई, बस्ने २३ वर्षीय भाना दमाई, ६ वर्षीय डिग्रा दमाई, ३ बर्षीय कलु दमाई, ४ वर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी डाँगीले जानकारी दिनुभयो ।

यसैगरी ढकारी गाउँपालिका १ का मोतीराम बुढा रिमालको चाईरा खोलाले बगाएर ज्यान गएको छ ।

जिल्लाको ३ स्थानीय तहका विभिन्न ५ ठाउँमा १० जना गम्भीर घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनालाई हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ भने अन्यको जिल्ला अस्पताल र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button