तपाईँ सुन्दै हुनुहुन्छः

ग्याँस सिलिन्डर सहित चुल्हो वितरण

बारा । धुवाँ चुल्हो मुक्त अभियान अन्तर्गत बाराको फेटा गाउँपालिकामा ३ सय ४४ जनालाई ग्याँस सिलिन्डर सहितको चुल्हो वितरण गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर २ मा वडाध्यक्ष नरेश पटेलले आर्थिक अवस्था कमजोर भएका परिवारलाई ग्याँस सिलिन्डर सहितको चुल्हो वितरण गर्नुभएको वडा कार्यालयले जनाएको छ ।

आफूले चुनावमा गरेको प्रतिबद्धता अनुसार ग्याँस सिलिन्डर सहितको चुल्हो वितरण गरिएको वडाध्यक्ष पटेलले जानकारी दिनुभयो ।

वडा कार्यालयबाट निःशुल्क रुपमा ग्याँस सिलिन्डर र चुल्हो पाउँदा स्थानीय खुसी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button